मुलुकमा बेथिति र निराशा अन्त्यका लागि सुशासन अपरिहार्य छ : डा. शेखर कोइराला

हिमाल प्रेस ७ जेठ २०८२ ७:२५ | Wednesday, May 21, 2025
मुलुकमा बेथिति र निराशा अन्त्यका लागि सुशासन अपरिहार्य छ : डा. शेखर कोइराला डा‍. शेखर काेइराला। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा विद्यमान बेथिति र निराशा अन्त्यका लागि सुशासन अपरिहार्य रहेको बताएका छन्।

कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आज आयोजना गरेको ‘बदलिँदो विश्व परिवेशमा नेपालले अँगाल्नुपर्ने आर्थिक नीति संवाद’ गोष्ठीमा उजले भ्रष्टाचार नियन्त्रणका लागि सुशासन कायम गर्नुपर्ने उल्लेख गरे।

नेता डा. कोइरालाले दण्डहीनता अन्त्य गर्न र जनअपेक्षाअनुसार काम गर्न सरकारसँग दृढ इच्छाशक्ति हुनुपर्ने विचार व्यक्त गरे। कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले मुलुकको समृद्धिका लागि सेवामा आधारित जनशक्ति विकास र सरकारी सेवा प्रवाह चुस्त बनाउनु आवश्यक रहेको बताए।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकभित्रै रोजगारी सिर्जना गर्न जमिनको वर्गीकरण गरेर, जमिन बाँझो रहने समस्या हल गर्न आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा विभागका संयोजक डा. गोविन्दराज पोख्रेल, पूर्वमुख्य सचिवहरू डा. विमल कोइराला र वैकुण्ठ अर्याल, नेपाल सरकारका पूर्वसचिवहरूलगायतले भाग लिई आफ्ना धारणा व्यक्त गरेका थिए।

प्रकाशित: ७ जेठ २०८२ ७:२५ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast