मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

हिमाल प्रेस ३१ वैशाख २०८२ १६:१७ | Wednesday, May 14, 2025
मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश रवीन्द्र मिश्र। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ।

मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई पक्राउ गर्नुको कारण पेस गर्नका साथै स–शरीर उपस्थित गराउन आदेश दिएको छ।

मिश्रकी पत्नी कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन्।

मिश्र चैत १५ गतेदेखि प्रहरी हिरासतमा छन्। राजसंस्था पुनःस्थापना संघर्ष समितिले काठमाडौँको तीनकुनेमा आयोजना गरेको कार्यक्रमलाई हिंसात्मक बनाएको आरोपमा प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो।

मिश्रविरूद्ध प्रहरीले राज्यविरूद्धको कसुर र संगठित मुद्दामा अनुसन्धान गरिरहेको छ। उनीसँगै पक्राउ परेको राप्रपाका महामन्त्री धवलशम्शेर राणा रिहा भइसकेका छन्।

प्रकाशित: ३१ वैशाख २०८२ १६:१७ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast