माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा

हिमाल प्रेस १७ जेठ २०८२ ९:४२ | Saturday, May 31, 2025
माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा

भद्रपुर- झापा गाउँपालिका २ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्। मनसुन सुरु भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन्।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ।

‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो’, अध्यक्ष चाम्लागाईले भने, ‘ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं. १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।’

यो वर्ष सददरभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीमा बाढीको त्रास बढेको छ।

प्रकाशित: १७ जेठ २०८२ ९:४२ | Saturday, May 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast