‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र

हिमाल प्रेस ३ जेठ २०८२ ९:०९ | Saturday, May 17, 2025
‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र

काठमाडौँ- सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा ‘महाभोज’का प्रमुख तीन जना पात्र दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने छन्।

रोयल भीमसेनले डिजाइन गरेको पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक संघर्षको चित्रण गर्छ। दयाहाङले दौरासुरुवाल, ढाका टोपी, र माला लगाएका छन्। उनको अनुहारमा गम्भीरता र जिम्मेवारीको भाव झल्किन्छ।

पोस्टरमा खगेन्द्र केही असन्तुष्ट वा चिन्तित देखिन्छन्। यस्तै, आर्यन अनिश्चय, डर वा असहजताको भावमा देखिन्छन्। यी तीनै पात्रको अनुहारको भावनाले फिल्ममा हुने द्वन्द्व, द्वैधता र संघर्षको संकेत दिन्छ।

फिल्मका निर्देशक दिनेश राउत हुन्, उनको यो आठौँ निर्देशन हो। क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको फिल्मका निर्माता हिमाल कडरिया हुन्। फिल्मको कथा तथा पटकथा सुवेदीले लेखेका छन्।

फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारको अभिनय छ।

प्रकाशित: ३ जेठ २०८२ ९:०९ | Saturday, May 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast