मलेसिया जाँदै उपेन्द्र यादव

हिमाल प्रेस ६ जेठ २०८२ ११:५१ | Tuesday, May 20, 2025
मलेसिया जाँदै उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जाने भएका छन्। पार्टीसम्बद्ध प्रवास संगठन ‘नेपाली समाज मलेसिया’ को आमन्त्रणमा अध्यक्ष यादव मलेसियाको राजधानी क्वालालम्पुर जान लागेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

आगामी जुन १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्रयान्ड कन्टिनेन्टलमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले तहाँ रहेका नेपाली श्रमिकहरुसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्नेछन्। अध्यक्ष यादव उक्त कार्यक्रमको प्रमुख वक्ता रहने छन्।

उक्त अवसरमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने बताइएको छ।

प्रकाशित: ६ जेठ २०८२ ११:५१ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast