मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने

हिमाल प्रेस १६ जेठ २०८२ ६:१७ | Friday, May 30, 2025
मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने

काठमाडौँ- सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने भएको छ।

संघीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै रासायनिक मलमा अनुदानका लागि  २८ अर्ब ८२ करोड लाग्ने बताए।

लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने उनको भनाइ छ। माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि ४० करोड विनियोजन गरिएको पनि अर्थमन्त्री पौडेलले बताए।

पुष्पलाल मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्गको आसपासका कृषियोग्य बाँझो जमिनमा उत्पादन प्रवर्द्धन गरिने भएको छ।

यसअन्तर्गत नगदे बाली, पशुपालन, उच्च मूल्यका फलफूल, गैरकाष्ठ वन पैदावार, घाँस तथा कृषि वन प्रणालीको विस्तार गर्न रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए।

प्रकाशित: १६ जेठ २०८२ ६:१७ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast