पर्सा- नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रकम संकलन गरेको छ।
उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने १४ अर्ब एक करोड २८ लाख संकलन गरेको थियो।
उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बिमा गरेका बताइन्।
कार्यालयले सोही अवधिमा दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ। अझै ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन्।
प्राधिकरणले जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड शुल्क संकलन भएको छ।
                            प्रकाशित: २ जेठ  २०८२ ९:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

