भुइँतहका गोरखालीको मायाले आजीवन जनताको सेवा गर्ने ऊर्जा प्राप्त भयो : डा.भट्टराई

हिमाल प्रेस १४ जेठ २०८२ १०:५९ | Wednesday, May 28, 2025
भुइँतहका गोरखालीको मायाले आजीवन जनताको सेवा गर्ने ऊर्जा प्राप्त भयो : डा.भट्टराई

गोरखा- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा-२ मा सम्पन्न तीनदिने जनभेटघाट कार्यक्रमबाट जनसमुदायको माया, सद्भाव र विश्वासले आफू अत्यन्तै भावविभोर भएको बताएका छन्।

गृहजिल्ला गोरखामा जेठ ११ देखि १३ गतेसम्म सञ्चालन गरिएको जनसम्पर्क अभियानमा उनले विभिन्न स्थानमा पुगेर स्थानीय नागरिकहरूसँग संवाद गरेका थिए।

कार्यक्रमको समापनपछि सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भुइँतहका गोरखाली जनताको समर्थनले आफूमा आजीवन जनसेवामा समर्पित हुने थप ऊर्जा प्रदान गरेको उल्लेख गरेका छन्।

‘गोरखाली जनताबाट पाएको असीम माया र विश्वासले मलाई द्रवित बनायो। जनताको सेवा, सुख–समृद्धि र समाजको उत्थानमा अझ समर्पित हुने प्रेरणा पाएको छु,’ भट्टराईले भने।

याे पनि

गोरखाका गाउँबस्तीमा डा. बाबुराम : विगतका भूल स्विकार्दै गरे नयाँ संकल्प

प्रकाशित: १४ जेठ २०८२ १०:५९ | Wednesday, May 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast