भीरबाट लडेर महिलाको मृत्यु

हिमाल प्रेस ६ जेठ २०८२ ८:५६ | Tuesday, May 20, 2025
भीरबाट लडेर महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार ऋषिङ गाउँपालिका ३ सोलुङ स्थित कटोर्के सामुदायिक वनको भीरबाट लडेर उनीहरूको मृत्यु भएको हो।

ऋषिङ गाउँपालिका ३ की ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका २ की २६ वर्षीया​ खिमसरा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

सोमबार बिहान घाँस काट्न गएका दुवैजना अबेरसम्म पनि नफर्किए पछि खोज्ने क्रममा दुवै मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ जेठ २०८२ ८:५६ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast