भिजिट भिसा विवादले संसद् ठप्प, सभामुख समाधान खोज्दै

हिमाल प्रेस १६ जेठ २०८२ १०:१४ | Friday, May 30, 2025
भिजिट भिसा विवादले संसद् ठप्प, सभामुख समाधान खोज्दै सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसद् अवरोध हटाउन र  बजेटमाथि छलफल गर्न पहल सुरु गरेका छन्। यसै सन्दर्भमा उनले आज मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।

बैठकअघि बिहान ११ बजे सभामुख घिमिरेले संसद्का प्रमुख सचेतक र सचेतकहरूसँग छुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ। सभामुखको सचिवालयका अनुसार संसद्मा जारी अवरोध अन्त्य गर्ने र बजेट छलफलका लागि समय निर्धारण गर्ने उद्देश्यले बैठक तय गरिएको हो।

हाल संसद् प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधका कारण ठप्प छ। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै उनको राजीनामा माग गरेका छन्।

विपक्षीले हिजाे बिहीबार (जेठ १५ गते) बजेट प्रस्तुत गर्न दिए पनि त्यसपछि अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छन्। यी विषयमा सहमति खोज्न सभामुखले छलफल र बैठकको प्रक्रिया अगाडि बढाएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

प्रकाशित: १६ जेठ २०८२ १०:१४ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast