भारतीय सेनाले भन्यो – संघर्षविराम पालना गर्छौँ, तर सतर्क रहन्छौँ

हिमाल प्रेस २७ वैशाख २०८२ २१:१८ | Saturday, May 10, 2025
भारतीय सेनाले भन्यो – संघर्षविराम पालना गर्छौँ, तर सतर्क रहन्छौँ

काठमाडौँ- भारतीय सेनाले संघर्षविराम पालन गर्ने तर सतर्क बस्ने बताएको छ। पाकिस्तानसँग जारी संघर्षलाई विराम दिने समझदारीपछि भारतीय सेनाले यस्तो बताएको हो।

भारत–पाकिस्तानबीच संघर्षविराम गर्ने सम्झौतापछि शुक्रबार साँझ सेनाका अधिकारी आर रघु नायरले पत्रकार सम्मेलनमा भने,‘संघर्षविरामका लागि भएको सहमति सेनाले पालन गर्नेछ, तर भारतको संप्रभुता कायम राख्न सेना सतर्क रहनेछ।’

विंग कमाण्डर व्योमिका सिंहले यस क्रममा पाकिस्तानले भ्रामक प्रचार अभियान चलाउने प्रयास गरेको बताइन्।

संघर्षका क्रममा भारतीय सेनाले मस्जिदमाथि आक्रमण गरेको पाकिस्तानले लगाएको आरोपलाई उनले खारेज गरिन्। सिंहले भनिन्,‘हामी सबै धर्मका धार्मिकस्थलहरूको सम्मान गर्छौँ।’

विंग कमाण्डर सिंहले भारतीय सेनाले आतंकवादी क्याम्पलाई मात्रै निशाना बनाएको उल्लेख गरिन्।

उनले भनिन्,‘भारतविरोधी गतिविधि भइरहेका आतंकवादी क्याम्पमाथि सेनाले आक्रमण गर्‍यो। भारतीय सेनाले कुनै पनि धार्मिकस्थलमाथि आक्रमण गरेको छैन।’

प्रकाशित: २७ वैशाख २०८२ २१:१८ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast