भारतीय लेखिका बानु मुस्ताकलाई बुकर पुरस्कार

हिमाल प्रेस ७ जेठ २०८२ १३:२२ | Wednesday, May 21, 2025
भारतीय लेखिका बानु मुस्ताकलाई बुकर पुरस्कार भारतीय लेखिका बानु मुस्ताक

काठमाडौँ- भारतीय लेखिका बानु मुस्ताकले बुकर पुरस्कार जितेकी छन्। उनले कन्नड भाषामा लेखेको ‘हार्ट ल्याम्प’ पुस्तकका लागि उक्त पुरस्कार पाएकी हुन्। यो पुरस्कार यस पुस्तकको अंग्रेजी अनुवादलाई प्रदान गरिएको हो। पुस्तकको अनुवाद दीपा भष्ठीले गरेकी हुन्। हार्ट ल्याम्प अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने कन्नड भाषाको पहिलो पुस्तक बनेको छ।

पुरस्कार वितरण समारोह मंगलबार साँझ लन्डनमा सम्पन्न भएको थियो। उनलाई ५० हजार पाउन्ड (लगभग ९२ लाख रुपैयाँ) नगद प्रदान गरिएको छ। उक्त रकम लेखिका बानु मुस्ताक र अनुवादक दीपा भष्ठीलाई बराबरी बाँडिनेछ। दीपा भष्ठी अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय अनुवादक बनेकी छन्। उनले मुस्ताकद्वारा लेखिएका ५० कथाबाट १२ वटा छानेर अंग्रेजीमा अनुवाद गरेकी हुन्।

बानु मुस्ताक लेखिका, कानुन व्यवसायी र सामाजिक अभियन्तासमेत हुन्। हार्ट ल्याम्प उनका लघु कथाहरूको संग्रह हो। यमा १९९० देखि २०२३ को बीच लेखिएका १२ कथा समावेश छन्। यी कथाहरूमा दक्षिण भारतमा बसोबास गर्ने मुस्लिम महिलाको जीवन, उनीहरूले भोग्नुपरेका सामाजिक, धार्मिक र लैंगिक समस्या उजागर गरिएको छ।

प्रकाशित: ७ जेठ २०८२ १३:२२ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast