बाटोमा ढुंगा खस्दा एकको मृत्यु, एक घाइते

हिमाल प्रेस १४ जेठ २०८२ १०:३४ | Wednesday, May 28, 2025
बाटोमा ढुंगा खस्दा एकको मृत्यु, एक घाइते

दार्चुला- नौगाड गाउँपालिका-६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहेका ७० वर्षीय कालु जोशीको ढुंगाले लागेर मृत्यु भएको छ। उनको आज बिहान मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो। बाटोमा हिँडिरहेका उनीमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेको हो।

ढुंगाले लागेर नौगाड गाउँपालिका-६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन्। उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ।

प्रकाशित: १४ जेठ २०८२ १०:३४ | Wednesday, May 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast