बलियो भनिएको सरकारले कमजारे बजेट ल्यायो : पुन

हिमाल प्रेस १५ जेठ २०८२ १९:२२ | Thursday, May 29, 2025
बलियो भनिएको सरकारले कमजारे बजेट ल्यायो : पुन वर्षमान पुन। फाइल तस्बिर

काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वर्थमन्त्री वर्षमान पुनले बलियो भनिएको सरकारले ल्याएको बजेट बलियो नदेखिएको बताएका छन्।

बिहीबार संसद भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसँग कुरा गर्दै पुनले आकारका हिसाबले गतवर्षको तुलनामा ठूलो आएको र बढी छरिएर बजेट आएको समेत बताए।

अर्थतन्त्र रुपान्तरणका लागि ठोस कुरा आउन नसकेको र अर्थतन्त्रका केन्द्रका चर्चालाई पनि नसमेटिएको उनले बताए।

पुनले गत वर्षका महत्वपूर्ण कार्यक्रमलाई पनि अहिले समेट्न नसकेको र नियमित बजेटको रुपमा मात्रै आएको जिकिर गरे।

उनले विद्युतीय गाडीको करलाई यसअघिकै रुपमा निरन्तरता दिनु राम्रो कुरा भएको बताए।

प्रकाशित: १५ जेठ २०८२ १९:२२ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast