प्रवेश परीक्षा खारेज निर्णयविरुद्ध अनेरास्ववियुको ज्ञापनपत्र

हिमाल प्रेस १ जेठ २०८२ १०:१३ | Thursday, May 15, 2025
प्रवेश परीक्षा खारेज निर्णयविरुद्ध अनेरास्ववियुको ज्ञापनपत्र

काठमाडौँ- सीटीईभीटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) द्वारा विद्यार्थी भर्नामा प्रवेश परीक्षा आवश्यक नरहने निर्णयप्रति आपत्ति जनाउँदै नेकपा एसनिकट अनेरास्ववियुले सो निर्णय तत्काल खारेज गर्न माग गरेको छ।‍

अनेरास्ववियुका प्रतिनिधिहरूले सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन्। परिषद्को २०७ औं बैठकले चालु शैक्षिक सत्रदेखि सीटीईभीटीद्वारा सञ्चालित कुनै पनि कार्यक्रमहरूमा प्रवेश परीक्षा बिना विद्यार्थी भर्ना गरिने निर्णय गरेको थियो।

उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै अनेरास्ववियुले विद्यार्थीहरूबीच असमानता बढाउने र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई विभेद गर्ने खालको निर्णय भएको आरोप लगाएको छ।

संगठनका अनुसार प्रवेश परीक्षाबिना जीपीएका आधारमा मात्र भर्ना गर्दा निजी विद्यालयका विद्यार्थीहरूको जीपीए उच्च हुने भएकाले उनीहरूलाई बढी अवसर पुग्नेछ भने सामुदायिक विद्यालयका विद्यार्थीहरू पछाडि पर्ने खतरा छ।

‘शिक्षामा समान पहुँच सुनिश्चित गर्न प्रवेश परीक्षा अनिवार्य गरिनुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ। परिषद्को निर्णय तत्काल खारेज गर्नुपर्ने मागसहित अनेरास्ववियुले यदि माग पूरा नभए आवश्यक परे आन्दोलनको बाटो समात्न पछि नपर्ने चेतावनी पनि दिएको छ।

प्रकाशित: १ जेठ २०८२ १०:१३ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast