प्रतिनिधिसभामा आज प्रधानमन्त्री-सांसद सवालजवाफ

हिमाल प्रेस ६ जेठ २०८२ ६:१९ | Tuesday, May 20, 2025
प्रतिनिधिसभामा आज प्रधानमन्त्री-सांसद सवालजवाफ

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा आज सांसदहरूले राखेको प्रश्नको जबाफ दिने कार्यसूची छ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

उनका अनुसार आज भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: ६ जेठ २०८२ ६:१९ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast