प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

हिमाल प्रेस १३ जेठ २०८२ १४:०८ | Tuesday, May 27, 2025
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। मंगलबार बिहान ११ बजे बसेको बैठक प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो।

‘सभामुखले सभाको बैठक आजै दिनको २ः३० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनमा उल्लेख छ।

 

प्रकाशित: १३ जेठ २०८२ १४:०८ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast