प्रचण्ड घाइते भएको खबर बाहिरिएपछि गंगा दाहालले भनिन् : बाथरुममा लड्नुभएको हो, बाहिरी चोट छैन

हिमाल प्रेस २४ वैशाख २०८२ ८:२८ | Wednesday, May 7, 2025
प्रचण्ड घाइते भएको खबर बाहिरिएपछि गंगा दाहालले भनिन् : बाथरुममा लड्नुभएको हो, बाहिरी चोट छैन माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर

काठमाडौँ- गए राति शौचालयमा लडेर घाइते भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्थिति भएको उनको सचिवालय एवं पारिवारिक स्रोतले जनाएको छ।

प्रचण्डकी छोरी गंगा दाहालले शौचालयमा लडेर निधारमा चोट लागेको तर उपचारपछि सम्भव भएको बताएकी छन्। उनले प्रचण्ड अहिले नियमित काममा फर्किसकेको बताएकी छन्। उनले भनेकी छन्, ‘गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद।’

प्रकाशित: २४ वैशाख २०८२ ८:२८ | Wednesday, May 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast