पाल्पामा जिप दुर्घटनामा ६ जना घाइते

हिमाल प्रेस २७ वैशाख २०८२ ६:५८ | Saturday, May 10, 2025
पाल्पामा जिप दुर्घटनामा ६ जना घाइते

काठमाडौँ- पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। निस्दी गाउँपालिका -४ लामेदमारमा शुक्रबार साँझ जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अरुणखोलाबाट मित्यालतर्फ जाँदै गरेको गरेको लु १ ज २६४९ नम्बरको जिपमा १६ जना सवार थिए। त्यसमध्ये ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

उकालो चढ्न नसक्दा जिप व्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट झण्डै २० मिटर तल खसेको छ।

घाइते हुनेमा निस्दी गाउँपालिका -४, झ्याल्टुङ्गका ३९ वर्षीय धनसरी बयम्बु, सोही स्थानका ३० वर्षीय पुष्पा राई, उनको छोरा तीन वर्षीय अभिसेक राई, नौ वर्षीय साजन राई, निस्दी गाउँपालिका-७ का ४० वर्षीय गुनबहादुर सोमै र विजयनगर गाउँपालिका -१ कपिलवस्तु बस्ने -५३ वर्षीय टेकबहादुर खण्डलुक रहेका छन्।

घाइतेमध्ये बयम्बुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २७ वैशाख २०८२ ६:५८ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast