राष्ट्रियसभाको बैठकमा सहभागी सदस्यहरू। फाइ
काठमाडौँ- संघीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ।
बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ।
त्यस्तै राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।





