पाकिस्तानले जनायो नरेन्द्र मोदीको भाषणप्रति आपत्ति

हिमाल प्रेस ३१ वैशाख २०८२ ७:३३ | Wednesday, May 14, 2025
पाकिस्तानले जनायो नरेन्द्र मोदीको भाषणप्रति आपत्ति

पाकिस्तानको विदेश कार्यालयले मंगलबार आदमपुर एयर बेसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणप्रति आपत्ति जनाएको छ।

पाकिस्तानको विदेश कार्यालय (पीएफओ)ले एक विज्ञप्ति जारी गर्दै मोदीको भनाइले गलत सूचना, राजनीतिक लाभ उठाउने प्रयास र अन्तर्राष्ट्रिय नियमहरूको अवहेलनालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको बताएको छ।

पीएफओले भन्यो, ‘भारतीय प्रधानमन्त्रीको भनाइले उनले आफ्ना आक्रमणहरूलाई जायज ठहराउन झूटा कथाहरू बनाएको देखाउँछ। पाकिस्तानले युद्धविराम समझदारीको पालना गरिरहेको छ र तनाव कम गर्न र क्षेत्रमा शान्ति कायम राख्न आवश्यक कदम चालिरहेको छ।’

प्रकाशित: ३१ वैशाख २०८२ ७:३३ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast