पहारी, उप्रेती र सुवेदीलाई ‘हरितारा पुरस्कार’

हिमाल प्रेस १ जेठ २०८२ १७:४४ | Thursday, May 15, 2025
पहारी, उप्रेती र सुवेदीलाई ‘हरितारा पुरस्कार’

काठमाडौँ- अभिनेता टिका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई यसवर्षको हरितारा चलचित्र पुरस्कार र पत्रकार बिष्णु सुवेदीलाई हरितारा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

परिवर्तन नेपालले बिहीबार राजधानीमा कार्यक्रम गर्दै उनीहरुलाई सम्मान गरेको हो। पहारीलाई २५ हजार नगदसहित २०८० तथा उप्रेती र सुवेदीलाई दश हजार नगदसहित २०८१ सालको पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

२०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफू र पति हरि शमशेरको नाममा अक्षयकोष राखि यो पुरस्कारको स्थापना गरेकी हुन्। महनोज शम्शेर जबरा संरक्षक तथा अध्यक्ष रहेको ‘हरितारा पुरस्कार फिल्म क्षेत्रकै पहिलो पुरस्कारको रुपमा स्थापित छ।

त्यस्तै, कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई ‘श्री दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार प्रदान गरिएको छ। अभिनेता रवीन्द्र सिंह बाँनिया, जेबी रुवाली, सविन श्रेष्ठ, गोपाल ढकाल (छन्दे), सुनिल कटुवाल र निर्देशक अमर ओलीलाई ‘परिवर्तन- चलचित्रकर्मी विशेष सम्मान २०८१’ बाट सम्मान गरिएको छ।

आयोजकले संचारकर्मी तुलसी गिरी भावुक, कृष्ण भुसाल र कमला जोशीलाई परिवर्तन-चलचित्र पत्रकारिता सम्मान गरेको छ।
परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आफ्नो विधामा रचनात्मक योगदान दिँदै आएका फिल्मकर्मी तथा पत्रकारलाई सम्मान गर्न पाँउदा गर्वको अनुभूति गरेको बताए। पुरस्कारको निर्णायक समितिमा मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय थिए।

प्रकाशित: १ जेठ २०८२ १७:४४ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast