पसलमा बसिरहेका बलिन्द्रप्रकाशको हत्या आरोपमा पाँचजना प्रकाउ

हिमाल प्रेस ६ जेठ २०८२ ११:०३ | Tuesday, May 20, 2025
पसलमा बसिरहेका बलिन्द्रप्रकाशको हत्या आरोपमा पाँचजना प्रकाउ

काठमाडौँ– काठमाडौँ गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटीस्थित किराना पसलमा बसिरहेका बलिन्द्रप्रकाश राईको हत्या आरोपमा पाँचजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछाप सुनापती-४ का प्रवीण तामाङ, सर्लाहीको बागमती-३ का समीर वाइबा तामाङ र अभिषेक वाइबा तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती-६ का दीपेन्द्र भुजेल र काभ्रेको चौँरीदेउराली-७ का अनुराग तामाङ छन्। उनीहरूले वैशाख ३० गते राईमाथि आक्रमण गरी घाइते बनाएका थिए।

राईको उपचारका क्रममा निधन भएको थियो। घटनामा संलग्न फरार रहेका पाँचैजनालाई विभिन्न मितिमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ६ जेठ २०८२ ११:०३ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast