पशुपति विकास कोष बन्यो जुवाअड्डा! संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ

हिमाल प्रेस ४ जेठ २०८२ १६:०० | Sunday, May 18, 2025
पशुपति विकास कोष बन्यो जुवाअड्डा! संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषअन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन्।

ईश्वरमान भण्डारीसहित सातजनालाई नगदसहित शनिबार पक्राउ गरेको महानगरीय प्रहरी वृत्त गौशाखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुकदेव खनालले जानकारी दिए। उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको खनालले बताए।

पक्राउ परिएका भण्डारी पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख रहेको बताइएको छ।  खनालले भने, ‘भण्डारीसहितका व्यक्ति कोषका कर्मचारी हुन् या होइनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जुवा खेलिरहेको अवस्थामा कोषका कर्मचारी पक्राउ परेको  विषयमा आफूलाई केही जानकारी नभएको बताए। उनले भने, ‘यसबारे मलाई केही थाहा छैन।’

प्रकाशित: ४ जेठ २०८२ १६:०० | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast