पर्वत युवा संघ झगडा प्रकरण : पार्टीको प्रदेश अध्यक्षमाथि हमला गर्नेलाई कारबाही गर्न माग

हिमाल प्रेस २५ वैशाख २०८२ ८:२० | Thursday, May 8, 2025
पर्वत युवा संघ झगडा प्रकरण : पार्टीको प्रदेश अध्यक्षमाथि हमला गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ- नेकपा एमाले जिल्ला पार्टी कार्यालय पर्वतमा भएको घटनामा दोषीलाई कारबाही गर्न एमाले गण्डकीले माग गरेको छ। राष्ट्रिय युवा संघ नेपाल पर्वतको जिल्ला अधिवेशन तत्काल गर्ने वा पछाडि सार्ने भन्ने विषयमा विवाद हुँदा आज झडप भएको थिए।

झडपमा परी एमाले गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन पौडेल घाइते भएका थिए। सोही विषयमा प्रेस विज्ञप्ती जारी गर्दै एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले सांघातिक रुपमा आक्रमण गर्ने जो कोही भएपनि छानविन गरि दोषीलाई कारबाही गर्न माग गरे ।

समस्यालाई शान्तिपूर्ण र विधिसम्मत तवरबाट हल गर्न र अराजक गतिविधिलाई प्रोत्साहन नगर्न प्रदेश कमिटीले अपिल गरेको छ ।

प्रकाशित: २५ वैशाख २०८२ ८:२० | Thursday, May 8, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast