 
                             
                                            काठमाडौँ– नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्यमा नरेन्द्रदेव भट्ट र कुमारमणि थपलिया नियुक्त भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले शुक्रबार भट्ट र थपलियालाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन्। उनीरुलाई निजी क्षेत्रको तर्फबाट तीन वर्षका लागि नियुक्त गरिएको हो।
नवनियुक्त सदस्य भट्ट हिमालयन उद्धार संघ (एचआरए) का पूर्वअध्यक्ष हुन् भने थपलिया नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) का वर्तमान अध्यक्ष हुन्।
बोर्डको कार्यसमिति ११ सदस्यीय हुने व्यवस्था छ। बोर्डमा सरकारी क्षेत्रबाट पाँच जना र पाँच जना निजी क्षेत्रबाट नियुक्त हुने व्यवस्था छ। प्रमुख कार्यकारी अधिकृत (सीइओ) को व्यवस्था गरिएको छ।
बोर्डमा अर्थ मन्त्रालयका सहसचिव, अध्यागमन विभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पदेन सदस्य हुने व्यवस्था रहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![महिला गाइडलाई उद्धार तालिम [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2024/03/resque-training-2.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 