परराष्ट्रमन्त्री डा राणा हङकङमा

हिमाल प्रेस १५ जेठ २०८२ १३:२३ | Thursday, May 29, 2025
परराष्ट्रमन्त्री डा राणा हङकङमा
काठमाडौँ- परराष्ट्रमन्त्री डा‍. आरजु राणा देउवा आज हङकङ पुगेकी छन्। जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी त्यहाँ पुगेकी हुन्। मध्यस्थताका लागि अन्तरराष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा उनको सहभागीता रहनेछ। पछिल्ला समय दूतावास प्रतिनिधीकै उपस्थिति नै काफी हुने स्थानमा समेत आफैँ जाने गरेकी परराष्ट्र अधिकारीले जानकारी दिए।
उनी एक्लै वा एक सहयोगी सहित त्यस्ता कायर्क्रममा गएको भए पनि नेपाली तिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति हङकङ प्रस्थान गरेको भन्दै उनको सचिवाललयले जानकारी गराएको छ। जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा भोलि ‘मे ३०’ मा हस्ताक्षर समारोह हुँदैछ। सो समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन लागेको हो।
मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय एवं हङकङस्थित नेपाली महावाणिज्य दूतावासका वरिष्ठ अधिकारी सम्मिलित प्रतिनिधिमण्डल समारोहमा सहभागिता छन्।
प्रकाशित: १५ जेठ २०८२ १३:२३ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast