 
                             
                                            काठमाडौँ- नेपाल बाल विकास शिक्षक केन्द्रीय संघर्ष समिति अध्यक्ष कृष्ण कुमारी थापा मगरले शिक्षक आन्दोलनले प्राप्त गरेका उपलब्धिहरूलाई सम्झेर थप संघर्षमा निरन्तर जुट्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
उनले शिक्षकहरू ट्रेड युनियन अधिकारकर्मी भएकाले निराश नहुन र व्यक्तिगत उपलब्धिको सट्टा समग्र शिक्षक हितमा केन्द्रित रहनुपर्ने स्पष्ट पारिन्। ‘व्यक्तिगत रूपमा मैले के पाए मात्र भन्ने होइन, शिक्षक वर्गको सामूहिक हितका निर्णय सम्झने नेतृत्व नै असल नेतृत्व हो,’ थापा मगरले भनिन्।
उनले मन्त्रिपरिषद्बाट भएका नौवटा निर्णयहरू समयमै कार्यान्वयन गर्न र आगामी २०८२ असार १५ भित्र प्रतिनिधिसभाबाट शिक्षा ऐन पारित गराउन नेतृत्वले गम्भीर पहल गर्नुपर्नेमा जोड दिइन्।
साथै, उक्त ऐनमा बाल विकास शिक्षकसम्बन्धी महत्वपूर्ण विषयवस्तुहरू समेटिनुपर्ने माग राख्दै बाल विकास शिक्षकहरूले निरन्तर खबरदारी गर्ने बताइन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 