नेप्से परिसूचकमा लगातार पाचौँ दिन पनि गिरावट

हिमाल प्रेस १ जेठ २०८२ १७:०० | Thursday, May 15, 2025
नेप्से परिसूचकमा लगातार पाचौँ दिन पनि गिरावट

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो पाँच कारोबार दिन पनि लगातार गिरावट देखिएको छ। निरन्तर घटिरहेको नेप्से परिसूचक आज आठ दशमलव ४१ अंकले घटेर दुई हजार ६११ दशमलव ८५ को विन्दुमा कायम भएको हो।

आज तीन सय २० कम्पनीको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर ७८ हजार ४९३ पटक खरिदबिक्री हुँदा सात अर्ब आठ करोड ३३ लाख ४८ हजार २४० दशमलव ६३ मूल्य बराबरको कारोबार भएको हो।

आज ८२ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६४ कम्पनीको घटेको छ भने एउटा स्थिर अवस्थामा छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको मूल्य बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ। आज होटल समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छ भने विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी घटेको छ।

प्रकाशित: १ जेठ २०८२ १७:०० | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast