नेपालीको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर

हिमाल प्रेस १५ जेठ २०८२ १३:५० | Thursday, May 29, 2025
नेपालीको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर

काठमाडौँ- नेपालीको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुगेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस गर्दै यस्तो जानकारी दिएका हुन्। अघिल्लो आर्थिक वर्षमा प्रतिव्यक्ति आय १३९८ अमेरिकी डलर थियो।

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको आठ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था समेटिएको उनले बताए। आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने अनुमान गरिएको उनले बताए। यसैगरी
मधेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दा माथि रहेको उनले बताए।

चालु आवमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको उनले बताए।

यसैगरी २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान गरिएको उनले बताए।

औसत उपभोक्ता मुद्रास्फिति ४.७२ प्रतिशत रहेको छ। चालु आवको फागुनसम्म संघीय खर्च ४.४७ प्रतिशत र संघीय राजस्व १२.६ प्रतिशतले बढेको मन्त्री पौडेलले बताए। यसैगरी वैदेशिक सहायता प्रतिबद्धता पनि उल्लेख्य रूपमा बढेको छ।

मन्त्री पौडेलका अनुसार संघीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रुपैयाँ रहेको छ।
२०८१ फागुनसम्म संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड पुगेको छ। जुन कुल गार्हस्थ उत्पादनको ४३.८ प्रतिशत रहेको मन्त्री पौडेलले बताए।

सबै स्थानीय तहमा बैंकको शाखा विस्तार भएको पनि मन्त्री पौडेलले जानकारी दिए। बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाबाट औसत २५ सय १७ जनसंख्यामा बैंकिङ सेवा उपलब्ध भएको छ। २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रबाट प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको मन्त्री पौडेलले बताए।

आज ३ बजे बस्ने सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट पेस हुनेछ।

 

प्रकाशित: १५ जेठ २०८२ १३:५० | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast