 स्वास्थ्यमन्त्री प्रदीप पौडेल।
                             स्वास्थ्यमन्त्री प्रदीप पौडेल। 
                                            काठमाडौँ- नेपालले अन्तर्राष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन नेपालमा गर्ने प्रस्ताव गरेको छ। स्विट्जरल्यान्डको जेनेभामा भएको ७८ औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार काठमाडौँ फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यस्तो जानकारी दिएका हुन्। उनले सम्मेलन सम्मेलन आगामी वर्ष गर्ने प्रस्ताव गरेको बताए।
मन्त्री पौडेलले जलवायु स्वास्थ्य सम्मेलनको प्रस्तावलाई विश्व स्वास्थ्य संगठनले सकारात्मक रुपमा लिएको बताए। मन्त्री पौडेलले सम्मेलनका क्रममा जलवायु परिवर्तनका कारण नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको जानकारी गराएको जानकारी दिए।
मन्त्री पौडेलले नेपाल हिमालय क्षेत्र भएकाले मानव स्वास्थ्यमा देखिने समस्याका प्रकृति केही फरक रहेको अवस्थामा अन्तर्राष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन गर्ने प्रस्ताव गरेको र उक्त सम्मेलन विश्व स्वास्थ्य संगठनको समर्थनमा अघि बढ्ने विश्वास व्यक्त गरे।
उनले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको सुधारका कार्यलाई अन्य राष्ट्रले सकारात्मक ढंगले बुझेको जिकिर पनि गरे। पौडेलले स्वास्थ्यलाई प्रतिकुल असर गर्ने बस्तुमा कर लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सुझाव आएको अवस्थामा आगामी बजेटमा समेत उक्त वस्तुहरुमा अधिक कर लगाउनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा गरेको जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 