नेपालको कुल गार्हस्थ उत्पादन ६१ खर्ब नाघ्ने अनुमान

हिमाल प्रेस १२ जेठ २०८२ १८:०१ | Monday, May 26, 2025
नेपालको कुल गार्हस्थ उत्पादन ६१ खर्ब नाघ्ने अनुमान

काठमाडौँ– नेपालको कुल गार्हस्थ उत्पादन ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा यस्तो अनुमान गरिएको हो।

बागमती प्रदेशले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ३६.५२ प्रतिशत योगदान दिँदै राष्ट्रिय अर्थतन्त्रमा वर्चस्व कायम राखेको छ। त्यसपछि क्रमशः कोशी प्रदेश (१५.९ प्रतिशत) र लुम्बिनी प्रदेश (१४.२३ प्रतिशत) छन्।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार मधेश प्रदेशको योगदान थोरै वृद्धि भई १३.१६ प्रतिशत पुगेको छ भने कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूको योगदान सन् २०२३/२४ को परिमार्जित अनुमानको तुलनामा केही घटेको छ।

परिमाणगत रूपमा हेर्दा बागमती प्रदेशले अनुमानित २,२३० अर्ब रुपैयाँको आर्थिक उत्पादनसहित अग्रस्थानमा छ। त्यसपछि कोशी (९७१ अर्ब), लुम्बिनी (८६९ अर्ब) र मधेश (८०४ अर्ब) प्रदेश रहेका छन्। गण्डकी (५४८ अर्ब), सुदूरपश्चिम (४३० अर्ब) र कर्णाली (२५६ अर्ब) प्रदेश क्रमशः पछाडि छन्।

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा अर्थतन्त्र ४.६१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। प्रदेशहरूमा गण्डकी प्रदेशले सबैभन्दा बढी ५.५१ प्रतिशतको आर्थिक वृद्धि गर्ने अनुमान गरिएको छ। त्यसपछि बागमती (५.१८ प्रतिशत) रहेको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ३.३२ प्रतिशत मात्र वृद्धि हुने अनुमान छ।

कर्णाली (४.७४ प्रतिशत) र लुम्बिनी (४.७ प्रतिशत) प्रदेशले राष्ट्रिय औसतभन्दा माथिको वृद्धि गर्ने देखिएको छ भने कोशी (३.३४ प्रतिशत), मधेश (४.५ प्रतिशत) र सुदूरपश्चिम प्रदेश राष्ट्रिय औसतभन्दा तल रहने प्रक्षेपण छ।

प्रकाशित: १२ जेठ २०८२ १८:०१ | Monday, May 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast