 
                             
                                            चितवन– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएको र अब कार्यान्वयन प्रक्रियामा चुक्न नहुने बताएका छन्।
शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले नीति तथा कार्यक्रम राम्रो ल्याउने तर कार्यान्वयनका पक्षमा काम गर्न नसक्ने पहिलेदेखि नै सरकारको कमजोरी भएको बताए।
कोइरालाले भने, ‘नीति तथा कार्यक्रम राम्रो छ तर कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ। सधैँ नीति तथा कार्यक्रम कार्यान्वयन फितलो हुँदा समस्या हुने गरेको छ। अब यसलाई कार्यान्वयन गर्नेगरी बजेटमा आउनुपर्छ।’
फरक प्रसंगमा उनले कांग्रेसको १५औँ महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताए। महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने र गुटको अन्त्य गर्ने भन्दै महाधिवेशनपछि सार्नुको कारण नरहेको बताए।
अधिवेशनले पार्टीलाई जुझारु बनाउने भन्दै उनले हाल भ्रातृ संस्थाको अधिवेशन नहुँदा पार्टी शिथिलतातर्फ गएको उल्लेख गरे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 