 
                             
                                            काठमाडौँ- निम्नमाध्यमिक तहको विज्ञापनमा आवश्यकभन्दा ५७ हजार ३०२ बढी प्रतिस्पर्धीले परीक्षा दिएका छन्। आयोगले चैतमा सामुदायिक विद्यालयका लागि निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी नियुक्ति गर्न आवेदन आह्वान गरेको थियो।
आयोगले ६८६ पदका लागि विज्ञापन खुलाएकोमा ५७ हजार ९८८ जनाले परीक्षा दिएका छन्। ती परीक्षार्थीको सामान्य (लिखित) तर्फको परीक्षा शनिबार लिइएको छ।
यस क्रममा कोशी प्रदेशमा १६ हजार १९३, मधेश प्रदेशमा चार हजार २३३, बागमती प्रदेशमा नौ हजार ३०७, गण्डकी प्रदेशमा नौ हजार ९१७, लुम्बिनी प्रदेशमा १० हजार २८९, कर्णाली प्रदेशमा तीन हजार ९१५ र सुदूरपश्चिम प्रदेशमा चार हजार १३४ जनाले परीक्षा दिएको आयोगले जनाएको छ।
सबै प्रदेशमा गरी नेपाली विषयमा १०९, अंग्रेजीमा १७१, गणितमा ११२, विज्ञानमा १०१, गणित/विज्ञानमा ८०, सामाजिकमा १०९, स्वास्थ्य तथा शारीरिक शिक्षामा १, संस्कृत व्याकरणमा २, संस्कृत भाषामा १ गरी जम्मा ६८६ मा आवेदन आह्वान गरिएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 