निगमको ट्विनअटर विमान पुनः नियमित उडानमा

हिमाल प्रेस ३१ वैशाख २०८२ ७:२५ | Wednesday, May 14, 2025
निगमको ट्विनअटर विमान पुनः नियमित उडानमा

काठमाडौँ- नेपाल वायुसेवा निगमको ट्विनअटर विमान पुनः नियमित उडानमा फर्किएको छ।

नियामक निकाय तथा विमान निर्माता कम्पनीका मापदण्ड अनुसार वार्षिक मर्मत सम्भार सम्पन्न गरी दुवै इन्जिनहरू नयाँ जडान गरिएको उक्त विमान सोमबारदेखि पुनः नियमित उडान तालिकामा समावेश भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हाल निगमका दुवै ट्विनअटर विमानहरु पूर्णरूपमा सञ्चालनमा आइसकेका छन्। यी विमानहरु दुर्गम भेगमा हवाई सेवा पुर्‍याउन सक्रिय रूपमा परिचालित भइरहेको निगमको भनाइ छ ।

यसले दुर्गम क्षेत्रका नागरिकहरूलाई सहज, सुलभ तथा मितव्ययी हवाई सेवामा पहुँच वृद्धि गराउने अपेक्षा गरिएको प्रवक्ता सुवास डाँगीले जानकारी दिए। निगमले यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै विगतमा जस्तै आगामी दिनहरूमा पनि गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत दोहोर्‍याएको छ।

यसैगरी निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आन्तरिक उडानमा रहेका जहाजहरूको पूर्ण उपयोग गर्दै दैनिक एक जहाजबाट चार वटा उडान सञ्चालन गर्ने योजना अनुसार तालिका लागू गर्न निर्देशन दिएका छन्। साथै, बजार व्यवस्थापन तथा अन्य सम्बन्धित विभागहरूलाई पनि उक्त योजना कार्यान्वयन गर्न आवश्यक निर्देशन दिइएको निगमको भनाइ छ।

प्रकाशित: ३१ वैशाख २०८२ ७:२५ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast