नाइजेरियामा बाढीका कारण कम्तीमा ११० जनाको मृत्यु

हिमाल प्रेस १६ जेठ २०८२ २१:३६ | Friday, May 30, 2025
नाइजेरियामा बाढीका कारण कम्तीमा ११० जनाको मृत्यु

काठमाडौँ- मध्य नाइजेरियामा भीषण वर्षापछि आएको बाढीका कारण कम्तीमा ११० जनाको ज्यान गएको छ।

नाइजर राज्य आपतकालीन प्रबन्धन एजेन्सी (एनएसईएमए) का प्रमुख अबुल्लही बाबा–आराहलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार त्यहाँ कैयौँ घन्टासम्म वर्षा भएको हो।

उनले भने,‘बाढीको पानी बढेपछि ५० भन्दा बढी घर र त्यहाँ भएका मानिस बगेको छ।’

एनएसईएमएका अनुसार मोक्का सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीका कारण सबैभन्दा बढी क्षति भएको छ।

नाइजेरियाले सन् २०२२ मा पनि ठूलो बाढीको सामना गरेको थियो। त्योबेला १३ लाख मानिसले घर छोड्नुपरेको थियो भने ६ सयभन्दा बढीको ज्यान गएको थियो।

प्रकाशित: १६ जेठ २०८२ २१:३६ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast