धादिङकी प्राप्ति सुवेदीलाई पराक्रम बालप्रतिभा पुरस्कार

हिमाल प्रेस ३१ वैशाख २०८२ १६:४५ | Wednesday, May 14, 2025
धादिङकी प्राप्ति सुवेदीलाई पराक्रम बालप्रतिभा पुरस्कार

काठमाडौँ- पराक्रम बालप्रतिभा पुरस्कार-२०८१ धादिङकी बालिका प्राप्ति सुवेदीलाई प्रदान गरिएको छ। प्राप्ति कीर्तिपुरस्थित लेबोरेटरी स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन्। उनलाई १५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएकाे हाे।

साहित्यकार प्रतीक ढकाल तथा लेबोरेटरी स्कुलका प्रिन्सिपल डा. लाक्पा शेर्पाले उनलाई पुरस्कार हस्तान्तरण गरे। पुरस्कारको लागि धन्यवाद दिँदै यसले आफूलाई साहित्य र संगीतमा लाग्न प्रोत्साहित गरेको प्राप्तिले बताइन्।

प्रतिकूल शारीरिक अवस्थाका बावजुद पनि उनले अध्ययन, साहित्य सिर्जना र संगीत क्षेत्रमा देखाएको प्रतिभाको सम्मान गर्दै पुरस्कृत गरिएको पर्वतीय साहित्य समाज नेपालकी सचिव तथा साहित्यकार भवानी खतिवडाले बताइन्। साहित्यसेवी महेश पौड्याल र रमा अधिकारी दम्पतीले आफ्ना दिवङ्गत छोरा पराक्रम पौड्यालको स्मृतिमा २०७५ सालमा यो पुरस्कारको स्थापना गरेका हुन्।

यसअघि यो पुरस्कार कवि दर्शन केसी शङ्कु, गायक प्रेम चेपाङ, कुशल वक्ता तारा तामाङ, गायक÷गायिका एलिशा फुयाँल, योगेश राई र मनुमाया प्रजाले पाएका थिए।

प्रकाशित: ३१ वैशाख २०८२ १६:४५ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast