धर्मको आडमा हिंसा र अराजकता स्वीकार्य छैन : गृहमन्त्री लेखक

हिमाल प्रेस ५ जेठ २०८२ १३:४२ | Monday, May 19, 2025
धर्मको आडमा हिंसा र अराजकता स्वीकार्य छैन : गृहमन्त्री लेखक गृहमनत्री रमेश लेखक।

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले धर्मलाई राजनीतिक उद्देश्य पूरा गर्न, अराजकता फैलाउन वा अपराधजन्य कार्यमा प्रयोग गर्न नहुने स्पष्ट पारेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले धर्म आस्था र विश्वासको विषय भएको उल्लेख गर्दै कुनै पनि धर्मको आवरणमा आपराधिक गतिविधि गर्नु स्वीकार्य नहुने बताए।

‘धर्म व्यक्तिको आस्था हो,’ उनले भने, ‘तर त्यो आस्थाको नाममा हिंसा, अराजकता वा अपराध गर्नु कुनै हालतमा मान्य हुन सक्दैन।’

गृहमन्त्रीले हालै तीनकुनेमा भएको आगजनी र हिंसात्मक गतिविधि धर्म वा आस्थासँग जोड्न नमिल्ने बताए। ‘ती घटनाहरू स्पष्ट अपराध हुन्,’ उनले भने, ‘त्यो घटनामा राजतन्त्रको वकालत गरिएको विषय नेपालको संविधानविपरीत हो।’

उनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको जानकारी दिँदै अनुसन्धान जारी रहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको बताए।

प्रकाशित: ५ जेठ २०८२ १३:४२ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast