देशलाई बिगार्न नदिन एमालेको बहुमतको सरकार चाहिन्छ : ओली

हिमाल प्रेस ३ जेठ २०८२ १६:२८ | Saturday, May 17, 2025
देशलाई बिगार्न नदिन एमालेको बहुमतको सरकार चाहिन्छ : ओली प्रधानमन्त्री केपी शर्मा ओली/फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमत सरकार आवश्यक भएको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा शनिबार एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई बिगार्न नदिन र विना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेको बहुमतको सरकार आवश्यक भएको बताएका हुन्।

‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला ग¥यौँ, स्वार्थ समूहको भ्रमबाट मुक्त हुनुपर्छ, एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाले साथ दिनुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘म युवालाई एमालेमा आउनुस् एकैपटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उकास्न चाहन्न। एमालेमा आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ।’

उनले मेस्सी, एम्बापे जस्ता फूटबल खेलाडी एकैपटक नबनेको प्रसंग उल्लेख गर्दै रहर लाग्ने वित्तिकै चिकित्सक, इञ्जिनियर कोही नबन्ने बताए।

कार्यक्रममा युवा चिकित्सक, इञ्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए।

प्रकाशित: ३ जेठ २०८२ १६:२८ | Saturday, May 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast