दुर्घटनामा प्रहरी सहायक निरीक्षक खतिवडाको निधन

हिमाल प्रेस २७ वैशाख २०८२ १७:५७ | Saturday, May 10, 2025
दुर्घटनामा प्रहरी सहायक निरीक्षक खतिवडाको निधन

इटहरी– सुनसरीको दुहबीमा पिकअप भ्यान दुर्घटना हुँदा नेपाल प्रहरीका असईको निधन भएको छ। शनिबार दुहबी नगरपालिका–३ स्थित फुटानी चोक नजिकै प्रदेश २–०१–००१ च ०२५१ नम्बरको मिनी पिकअप भ्यान अनियन्त्रित भई सडकको बायाँ किनारमा ठोक्किएर दुर्घटना भएको हो।

घटनामा गम्भीर घाइते भएका उदयपुरको त्रियुगा नगरपालिका– ८ राजाबास घर भएका ३० वर्षीय विरोध खतिवडाको मोरङको बूढीगंगास्थित विराट टिचिङ अस्पतालमा दिउँसो १२ः२१ बजे डाक्टरले मृत घोषित गरेको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।

‘भ्यान तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी श्रेष्ठले भने।

प्रहरी सहायक निरीक्षक (असई) खतिवडा नाराणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए।

भ्यान तीव्र गतिमा रहेका कारण अनियन्त्रित भएर साइडमा रहेको फलामको किनारमा ठोक्किएको श्रेष्ठले बताए। भ्यानमा खतिवडासहित तीन जना सवार थिए।

चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी छोरी १४ वर्षीया रोजिना कार्की सामान्य घाइते भएको र उनीहरूको थप उपचार भइरहेको छ।

प्रकाशित: २७ वैशाख २०८२ १७:५७ | Saturday, May 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast