दयाहाङ र रिश्माको ‘रिमै’ भदौ २७ मा प्रदर्शन

हिमाल प्रेस ३१ वैशाख २०८२ ११:१७ | Wednesday, May 14, 2025
दयाहाङ र रिश्माको ‘रिमै’ भदौ २७ मा प्रदर्शन

काठमाडौँ- अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ मुख्य भूमिकामा रहेको फिलम ‘रिमै’ आगामी भदौ २७ देखि प्रदर्शन हुने भएको छ। फिल्मको तीन पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी भदौ २७ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन्। दोस्रोमा उनीहरुसँगै अभिनेत्री गौमाया गुरुङलाई पनि स्थान दिइएको छ। तेस्रोमा दयाहाङ, रिस्मा र गौमायासहित अन्य कलाकारहरु पनि देख्न सकिन्छ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्म खिल बहादुर गुरुङको निर्देशन बनेको छ। फिल्ममा दयाहाङ, रिस्मा, गौमायासहित बुद्धि तामाङ, अर्पण थापा, कविता आलेमगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस्को प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेको फिल्म दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशन मित्र डि गुरुङको सम्पादनमा बनेको छ। फिल्मको निर्मातामा टीका गुरुङ, जीत यात्री गुरुङ र दुन बहादुर घले छन्।

प्रकाशित: ३१ वैशाख २०८२ ११:१७ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast