त्रिशूलीमा डुबेर दुई बालिका बेपत्ता

हिमाल प्रेस ३१ वैशाख २०८२ ६:४७ | Wednesday, May 14, 2025
त्रिशूलीमा डुबेर दुई बालिका बेपत्ता

काठमाडौँ- त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्। मंगलबार साँझ नुहाउने क्रममा दुईजना बालिका नदीमा बगेर बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका- ७ का ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेका छन्।

उनीहरूको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङ्गको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ३१ वैशाख २०८२ ६:४७ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast