त्रिविमा असार मसान्तभित्रै लेखापरीक्षण नसके निकासा रोक्का

हिमाल प्रेस ८ जेठ २०८२ १४:५१ | Thursday, May 22, 2025
त्रिविमा असार मसान्तभित्रै लेखापरीक्षण नसके निकासा रोक्का

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले असार मसान्तभित्र लेखापरीक्षण गर्न नसक्ने निकायको निकासा रोक्का गर्ने भएको छ। लेखापरीक्षण महाशाखा र आर्थिक प्रशासन महाशाखाको संयुक्त आयोजनामा बिहीबार भएको लेखापरीक्षण र बेरुजुसम्बन्धी छलफलमा त्रिविका रजिस्टार प्रा.डा. केदारप्रसाद रिजालले उक्त कुरा बताएका हुन्।

उनले आर्थिक वर्ष २०८०।०८१मा अन्तिम लेखा परीक्षण हुन बाँकी १ सय ५ र अन्य आर्थिक वर्षमा समेत लेखापरीक्षण नभएका गरी जम्मा १ सय ७९ निकायलाई असार मसान्तभित्रै बक्यौता अन्तिम लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन्।

रिजालले भने, ‘प्राविधिक तथा अन्य केही समस्या भए तत्काल केन्द्रीय कार्यालयलाई जानकारी गराउनुहोला। कुनै पनि बहानामा अन्तिम लेखापरीक्षण नभए निकासा रोक्न बाध्य हुनेछौँ।’

त्रिभुवन विश्वविद्याल स्मृती भवन कीर्तीपुरमा आयोजित लेखापरीक्षण र बेरुजु सम्वन्धी छलफल कार्यक्रममा काठमाडौं उपत्यका भित्र रहेका आर्थिक बर्ष २०८०।०८१मा अन्तिम लेखापरीक्षण नभएका आंगिक क्याम्पस, केन्द्रीय विभाग, अनुसन्धान केन्द्र,विभिन्न अस्पताल तथा निकायहरुका निकाय प्रमुख र लेखा उत्तरदायी कर्मचारी सहभागी छन्।

प्रकाशित: ८ जेठ २०८२ १४:५१ | Thursday, May 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast