तिलगाउँको ‘भीषण’बाढी अध्ययन गर्न विपद् जोखिम न्यूनीकरणको टोली हुम्लातर्फ

हिमाल प्रेस ७ जेठ २०८२ ७:५४ | Wednesday, May 21, 2025
तिलगाउँको ‘भीषण’बाढी अध्ययन गर्न विपद् जोखिम न्यूनीकरणको टोली हुम्लातर्फ फाइल तस्बिर

काठमाडौँ- हुम्लाको नाम्खा गाउँपालिका– ६, तिलगाउँमा आएको बाढीको अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली हुम्लातर्फ गएको छ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार डिभिजन इन्जिनियर सुशील श्रेष्ठ नेतृत्वमा भूगर्भविद्, जलस्रोतविद्सहितको पाँच सदस्यीय टोली हिजो नेपालगञ्ज पुगेको छ । टोली आज हुम्ला सदरमुकाम सिमकोट पुग्नेछ । त्यसपछि पैदल हिँडेर नाम्खा जानेछ।

गएको बिहीबार तिलगाउँभन्दा साढे तीन किलोमिटर माथि रहेको हिउँभित्रको ताल पग्लिएर पानी खोल्सी हुँदै बाढीमा परिणत भएको प्रारम्भिक विवरण आइसकेको छ । तर, तालबाट किन र कसरी ठूलो मात्रामा पानी बाहिर आएर बाढी आयो र आउँदा दिनमा के–कस्ता जोखिम छ भनेर अध्ययन गर्न टोली गएको प्रवक्ता केसीले बताए।

यसैबीच बाढी प्रभावित १८ परिवारका ३२ जनालाई अझैसम्म राहत सामग्री पुगेको छैन। उनीहरु हिमशिखर आधारभूत विद्यालय र त्रिपालमा बसिरहे पनि घरबाटै खानेकुरा लिएर आउनुपर्ने बाध्यता छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पालिकाको अगुवाइमा वितरण गर्ने गरी चामल, नुन, तेल, मैदा, चिउरा, चिनी, चियापत्तीलगायत अति आवश्यक खाद्यान्न घोडा, खच्चर र मान्छेले बोकेर लगेका र आज त्यहाँ पुगेपछि वितरण गरिने बताउनुभयो ।

प्रकाशित: ७ जेठ २०८२ ७:५४ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast