काठमाडौँ- नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत तुइनखोला भन्ने स्थानमा आज बिहान ट्रक पल्टिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ आउँदै गरेको कोइला लोड भएको ट्रक अनियन्त्रित भई पल्टिएका कारण दुबैतर्फ यातायात ठप्प भएको चितवन प्रहरीले जनाएको छ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन। दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ। प्रहरीले अवरोध हटाएर सडक सुचारु गर्ने प्रयास गरिरहेको जानकारी दिएको छ।
प्रकाशित: २८ वैशाख २०८२ ८:५५ | Sunday, May 11, 2025
प्रतिक्रिया




