जापान लागिन् परराष्ट्रमन्त्री

हिमाल प्रेस ६ जेठ २०८२ १०:४१ | Tuesday, May 20, 2025
जापान लागिन् परराष्ट्रमन्त्री

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान गरेकी छन्। मन्त्री राणा सोमबार राति जापान प्रस्थान गरेकी हुन्। उनी नियमित उपचारका लागि जापान गएको उनको सचिवालयले बताएको छ।

जापान बसाइँका क्रममा उनले टोकियोमा आयोजना हुने ज्येष्ठ नागरिकसम्ब्नधी अन्तर्राष्ट्रिय सम्मेमा पनि सहभागी हुने बताइएको छ। उनले उक्त सम्मेलनमा सम्बोधनसमेत गर्ने कार्यक्रम छ।

सचिवालयले उपचारका लागि जापान गएको बताए पनि मन्त्री राणाले त्यहाँ रहँदा द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ।

प्रकाशित: ६ जेठ २०८२ १०:४१ | Tuesday, May 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast