 
                             
                                            काठमाडौँ- विगत ६ दिनदेखि बेपत्ता मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरका एक युवकको शव नजिकैको जंगलमा फेला परेको छ।
यही वैशाख ३१ गतेदेखि बेपत्ता स्थानीय ३५ वर्षीय विष्णुप्रसाद सापकोटाको शव मनहरी गाउँपालिका-५ कोइराला डाँडास्थित थली जंगलमा शव फेला परेको हो।
घरमा कसैलाई नसोधी घरबाट हिँडेकामा खोजतलास गर्ने क्रममा घरदेखि डेढ किलोमिटर पश्चिम दक्षिणतर्फ रहेको जंगलमा सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
                            प्रकाशित: ६ जेठ  २०८२ १५:०३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 