चैतको उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशतमा झर्‍यो, रेमिट्यान्स १० प्रतिशतले बृद्धि

हिमाल प्रेस २८ वैशाख २०८२ १७:५५ | Sunday, May 11, 2025
चैतको उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशतमा झर्‍यो, रेमिट्यान्स १० प्रतिशतले बृद्धि

काठमाडौँ– चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रेमिटयान्स आप्रवाह १०.० प्रतिशतले वृद्धि भई ११९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको पछिल्लो ९ महिनाको तथ्यांकअनुसार विप्रेषण (रेमिट्यान्स) आप्रवाह १० प्रतिशतले बढेको हो।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को नौ महिनाको तथ्यांक अनुसार यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो।

यस्तै, २०८१ चैतमा नेपालको मूल्यवृद्धि ३.३९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत रहेको मुद्रास्फीति यस चैतमा ३.३९ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ।

आर्थिक वर्षको फागुन महिनाको मुद्रास्फीति ३.७५ प्रतिशत, माघमा ४.१६ प्रतिशत, पुसमा ५.४१ प्रतिशत, मंसिरमा ६.०५ प्रतिशत, कार्तिकमा ५.६०, असोजमा ४.८२, भदौमा ३.८५ र साउनमा ४.१० प्रतिशत रहेको थियो।

चालू आवको ९ महिनाको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३०१ अर्ब ९४ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११७४ अर्ब ५४ करोड रूपैयाँ रहेको थियो।

प्रकाशित: २८ वैशाख २०८२ १७:५५ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast