ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

हिमाल प्रेस ३१ वैशाख २०८२ ९:१७ | Wednesday, May 14, 2025
6
SHARES
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँ- काठमाडौँ महानगरपालिका-२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुलेको छैन। उनले भने, ‘ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ। आगो निभाउने प्रयास जारी छ।’

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ।

प्रकाशित: ३१ वैशाख २०८२ ९:१७ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast