 
                             
                                            गुल्मी- मुसिकोट नगरपालिका-३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ। स्वीस सरकारबाट प्राप्त पाँच करोड १७ लाख ५० हजार ६६५ मा निर्माणको काम सम्पन्न भएको हो।
सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो।
पक्की बनाउन नसकिने स्थानमा यस्ता निर्माण गरिने उनले बताए। यो पुल २०७६ र २०७७ साल वैशाखमा दुईपटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो।
पुलका संरचना भाँचिदा राज्यलाई हानि भएको थियो।
                            प्रकाशित: ७ जेठ  २०८२ ११:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 